सम्पत्तिको विवादमा दाजुभाइबीच गोली हानाहान, दुवैको मृत्यु

डिसी नेपाल
३ चैत २०७६ ११:०१

नयाँ दिल्ली। भारतको राजधानी दिल्लीको सिभिल लाइन इलाकामा दुई दाजुभाइले आपसी झगडाका कारण एक अर्कालाई गोली हाने । रिपोर्टका अनुसार रातको करिब १२ बजे २७ वर्षका तनुज नागर र उनका दाजु ३४ वर्षका राहुल नागरको झगडा भएको थियो ।

यही क्रममा तनुजले दाजु राहुललाई आफ्नो पेस्तोलले गोली हानिदिए । राहुलले पनि तनुजलाई गोली हानिदिए । दुवैलाई तत्काल अस्पताल पुर्याइएकोमा डाक्टरले दुवैलाई मृत घोषित गरिदिएको आज तकको समाचारमा उल्लेख छ । राहुल अदालतमा चपरासीको जागिर गर्थे । पुलिसले घटनाको जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.