अमेरिकामा मृतकको संख्या हजार नाघ्यो, न्यूयोर्क अर्को वुहान बन्ने खतरा

डिसी नेपाल
१३ चैत २०७६ १६:२३

न्यूयोर्क। कोरोनाभाइरस पछिल्लो समयमा अमेरिकामा निकै तीव्र गतिमा फैलिइरहेको छ । यहाँ अहिलेसम्म १ हजार ३६ जनाको ज्यान गइसकेको छ । यहाँ ६८ हजार ५७३ जना संक्रमित भइसकेका छन् । संक्रमितको संख्याको हिसाबले अमेरिका चीन र इटलीपछि तेस्रो स्थानमा पुगिकेको छ । जोन हप्किन्सन युनिभर्सिटीका अनुसार सबैभन्दा धेरै मृत्यु न्यूयोर्कमा भएका छन् । यहाँ करिब ३६६ जनाको मृत्यु भइसकेको छ । वाशिङटनमा कूल १३३ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले यस विषयमा अमेरिकालाई कोरोनाभाइरसको अर्को केन्द्र बन्न सक्ने चेतावनी दिएको थियो । विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले त यहाँसम्म भनेकी थियन् कि अमेरिका अर्को इटली बन्न सक्छ । ह्वाइट हाउसले अमेरिकामा कोरोना फैलिएपछि अहिलेसम्म ४ लाख ३२ हजारको परीक्षण भएको जानकारी दिएको छ । सबै जाँच निजी ल्याक र सरकारी अस्पतालमा भइरहेको बताइएको छ ।

नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजीजका निर्देशक डा. एन्थोनी फोसीका अनुसार अमेरिकाले भाइरसको आक्रमणको एक दौर अझै देख्नुपर्नेछ । किनकि अमेरिकाका तल्ला इलाकामा चिसोमा यो भाइरस एक पटक अझै फैलिनेछ । अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा गरेसँगै राष्ट्रपतिले न्यूयोर्क, क्यालिफोर्निया, वाशिङटन, आयोवा, लुसियाना, नर्थ क्यारोलिना, टेक्सास र फ्लोरिडाका लागि प्रमुख आपतकाल घोषणा गर्न अनुमति दिएका छन् । अमेरिकाको हालको इतिहासमा यति धेरै राज्यलाई मुख्य आपतकाल घोषणा गर्न अनुमति दिइएको सम्भवतः यो पहिलो पटक हो।

न्यूयोर्कको हालत निकै खराब भइसकेको छ । यहाँ ३० हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । २८५ भन्दा धेरैको मृत्यु भइसकेको छ । न्यू जर्सीमा ४ हजार ४ सय बढी संक्रमित छन् । ६२ जनको मृत्यु भइसकेको छ । क्यालिफोर्नियामा करिब ३ हजार संक्रमित छन् । ६५ जनाको ज्यान गइसकेको छ । यी सबै राज्य लकडाउन छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *