न कोरोनाको डर, न लकडाउनको असर, दिल्लीबाट घर हिँडे हजारौं कामदार, १८ तस्वीरहरु

डिसी नेपाल
१५ चैत २०७६ १४:५२

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा लकडाउन भएपछि यहाँबाट उत्तर प्रदेश बिहार र झारखण्ड जाने मजदूरहरुको बाढी नै आएको छ । दिल्लीबाट उत्तर प्रदेश आउने डकमा सयौंमजदूर छन् । यी मजदूर आफ्नो आवश्यकताका सामान टाउकोमा उठाएर बच्चा र महिलासमेत आफ्नो घर जानका लागि निस्किएका छन् ।

दिल्लीको आनन्द विहार र उत्तर प्रदेशको कौशाम्बी बस अड्डामा हजारौं मानिसहरु आफ्नो घर जानका लागि जम्मा भएका छन् । दिल्लीमा यिनीहरुको लागि जिन्दगी यति कठिन छ कि उनीहरुलाई कुनै हालतमा आफ्नो घर पुग्नु छ । आफ्नो गृहस्थी टाउकोमा उठाएर हिँडेका यी मजदूरलाई न सामाजिक दूरीको चिन्ता छ न त कोरोनाको डर ।

दिल्लीको आनन्द बिहार बस अड्डाबाट डीटीसीका बसहरु यी मजदूरहरुलाई ऐटा, इटावा, झाँसी, आगरा, बुलंदशहर, गोरखपुर, लखनउ लिएर गइरहेका छन् । बिहार र झारखण्ड जाने मजदूरहरुसँग त कुनै पनि विकल्प छैन । दिल्ली पुलिका जवान यी मजदूरहरुलाई लाइन लगाएर बसमा चढाइरहेका छन् ।

दिल्लीको गाजीपुरमा पनि मजदूरहरुको ठूलो भीड छ । यहाँ कुनै व्यवस्था छेन । दिल्ली पुलिसका केही जवान यिनीहरुलाई लगातार सम्झाइरहेका छन् तर मजदुर समय बित्दै जाँदा झनै व्यग्र हुँदै गइरहेका छन् । मजदूरहरुसँग केही घण्टाको लागि खानपिनको व्यवस्था छ तर पानी औषधीको चरम अभाव छ । आसपासका बसोवासवाला क्षेत्रका केही मानिसहरुले आफ्नो घरमा खाना बनाएर यिनहिरुलाई दिइरहेका छन् ।

दिल्लीसँग जोडिएको नेशनल हाइवे २४ मा मजदूरहरुको लाइन नै बनेको छ । यो सडकमा मजदूरहरु आफ्ना बच्चालाई लिएर पैदल नै गाउँतिर हिँडेका छन् । यो सडकका तस्वीर निकै मार्मिक छन् । टाउकोमा बोझ उठाएका बच्चा, ठेलामा सवार महिलाहरु, रिक्शा तानिरहेका मजदूर सयौंको संख्यामा लगातार पैदल हिँडिरहेका छन् । दिल्लीदेखि बिहारको राजधानी पटना हजार किलोमिटर टाढा छ । बाटोमा कतै थोरै पानी पाइन्छ, कहीँ केही खाने कुरा पाउँछन् । यस्तै गरी उनीहरुले घरसम्मको यात्रा पूरा गर्नु छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *