भारतमा कोरोनाबाट २६ को मृत्यु, दिल्लीबाट लकडाउन तोडेर ५ लाख मानिस बाहिरिए

डिसी नेपाल
१६ चैत २०७६ १०:३७

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । आइतबार मध्यान्हसम्म भारतमा एक हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्य ८४ जना संक्रमित उपचारपछि घर फर्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतका करिब सबैजसो राज्यमा कोरोनाको संक्रमण देखिएको छ ।

भारतमा आज पाँचौं दिनको लकडानउ जारी छ । तर भारतमा लकडाउन तोड्नेले पनि नयाँ रेकर्ड नै बनाएका छन् । विभिन्न राज्य सरकार र केन्द्र सरकारले ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेपनि जनतालाई लकडाउनको पूर्ण पालना गराउन सकेको छैन ।

यसैबीच लकडाउनकैबीच भारतको राजधानी नयाँ दिल्लीबाट दुई दिनमा ५ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । अहिले नयाँ दिल्लीका सडकहरु टाढा टाढा जाने यात्रुहरुले भरिभराउ छन् ।

विश्वभर कोरोना भाइरसको महामारी पछिल्ला दिनमा झन् तिब्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ५ सय १५ जना कोरोना संक्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा ६६ हजार ७ सय ६६ जना मानिस संक्रमित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *