जापानमा कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो

डिसी नेपाल
१७ चैत २०७६ १७:३४

बीबीसी । कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ।

त्यहाँ कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो। राजधानी टोक्योमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ। त्यहाँ ६८ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।

जापानभरि कुल १८६६ जनामा सङक्रमण देखिएको छ। छिमेकी दक्षिण कोरिया र चीनमा जस्तो जापानमा भाइरसबाट जोगिन धेरै सावधानीका उपायहरू अवलम्बन गरिएको छैन। घरमै बस्न गरिएको अनुरोधलाई धेरै टोक्योवासीहरूले बेवास्ता गरिरहेको पाइएको छ।

एक प्रख्यात जापानी हास्य कलाकार केन शिमुराको पनि कोरोनाभाइरसका कारण ज्यान गएको खबर छ। उनी ७० वर्षका थिए। यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने बताएका छन्।

यसअघि नै चिनियाँ र दक्षिण कोरियाली नागरिकलाई जापान आउन निषेध गरिएको छ। अब युरोप र अमेरिकाबाट आउनेलाई पनि निषेध गर्ने सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *