तुलसीपुरमा ‘लकडाउन’मा कडाइ

डिसी नेपाल
२२ चैत २०७६ २२:४४

दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सरकारले लागू गरेको लकडाउनलाई कडाइका साथ पालना गराउने भएको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि लकडाउन केही समयलाई कडाइका साथमा लैजाने अध्यक्ष वीरबहादुर रावतले जानकारी दिए ।

उनले बजारमा भीड गर्दा सङ्क्रमणको सम्भावना धेरै हुने भएकाले अबदेखि तुलसीपुरमा दैनिक बिहान तीन घण्टा खुल्दै आएका अति आवश्यकीय पसल हप्तामा तीन दिन मात्र खुला रहने निर्णय भएको जानकारी दिए ।

घोराहीमा भने २४ सै घण्टा पूर्णरुपले लकडाउन कार्यान्वयन गरिएको घोराही उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *