पत्रकारले बर्थ डे पार्टीमा ‘बाँडिन्’ कोरोना, ३ जनाको मृत्यु, ४ जना अस्पतालमा

डिसी नेपाल
२३ चैत २०७६ ९:२६

काठमाडौं। एक अमेरिकी पत्रकारले आफ्नी आमाको जन्मदिन पार्टीमा आफूले अन्जानमै कम्तीमा ७ जनालाई कोरोनाभाइरस संक्रमित गरेको स्वीकार गरेकी छिन् । डेलीमेलका अनुसार यो घटना अमेरिकाको न्यूजर्सीको हो । ती महिला पत्रकारले संक्रमित गरेकामध्ये ३ जनाको मृत्यु भइसकेको छ । अन्य ४ जना अस्पतालमा छन् ।

यी पत्रकार न्यूयोर्कमा रेडियो रिपोर्टरको रुपमा काम गर्छिन् । ९० वर्षकी आफ्नी आमाको जन्मदिनमा उनले ८ मार्चमा बर्थडे पार्टी आयोजना गरेकी थिइन् । पार्टीको आयोजना एक चर्चमा भएको थियो जसमा कूल २५ जना सहभागी भएका थिए । पार्टीको भोलिपल्ट नै ती पत्रकारकी आमा बिरामी भइन् । त्यसको ४ दिनपछिउनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

महिला पत्रकारका अनुसार घटनाको क्रममा उनलाई पटक्कै थाहा थिएन कि न्यूयोर्कमा कोरोनाभाइरससम्बन्धी घटनाको रिपोर्टिङ गर्ने क्रममा उनी आफैं पनि संक्रमित भइसकेकी छिन् । आमाको बर्थडे पार्टीपछि ती पत्रकारको कोरोनाभाइरस परीक्षण गर्दा नतिजा पोजेटिक निस्कियो । पछि थाहा भयो कि अन्य ३ जनाको मृत्यु भइसकेको छ र अन्य ४ जना समेत संक्रमित पाइएपछि अस्पतालमा भर्ना भएका छन् ।

यी सबै पत्रकारकी आमाको जन्मदिनको पार्टीमा सहभागी भएका थिए । पत्रकारका माता पिता र एक अन्य आफन्त पनि संक्रमित भइसकेका छन् । ५६ वर्षका एक आफन्त भेन्टिलेटरमा छन् । यद्यपि यी आफन्त भने पार्टीमा थिएनन् । पत्रकारले सिएनएनसँग कुरा गर्दै आफूलाई यो भाइरस यति छिटो फैलिन्छ भन्ने अनुमान समेत नभएको भन्दै यो निकै डरलाग्दो भएको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *