दुई हप्ताका लागि दुबई लकडाउन
काठमाडौँ । कोरोनाको प्रकोप बढ्दै गएपछि संयुक्त अरब इमिरेटसको (यूएई)को दुबई राज्य दुई साताका लागि लकडाउन गरिएको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै क्षेत्रमा प्रतिबन्ध लगाएको हो ।
त्यस्तै कोरोना रोकथामका लागि दुबईमा २४ सै घण्टा सरसफाई एवं किटनाशक छर्किने भएको छ । किटनाशक औषधि छर्कने भएकाले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरिएको छ । अति अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ ।
यो अवधिमा स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरुलगायतका अति अत्यावश्यक क्षेत्र भने खुला रहने जनाइएको छ। त्यस्तै खाद्य सामाग्री किन्न पनि परिवारबाट एकजना बाहेक अरु बाहिर निस्कन नपाइने गल्फ न्युजले जनाएकाे छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment