प्रचण्डको खुलासा : ‘मोहन बैद्य किरणले मेरो हत्या गर्न खोजे
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको खुलासा गरेका छन।
नेपाल आदिवासी जनजाती महासंघले बिहीबार काठमााडौमा आयोजना गरेको संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल बिषय कार्यक्रममा मोहन बैद्य किरण नेतृत्वको पार्टीले २०७० सालको निर्वाचनमा आफ्नो हत्या गर्न खोजेको खुलासा गरे।
पहिचान सहितका संघियता र संघियता सहितको संबिधान नारा बोकेर आफुहरु निर्वाचनमा गएको र त्यही बेला आफुमाथि बम प्रहार भएको दाहालको भनाई छ। पहिचानको नारा बोक्दा बम नै हान्नुपर्ने कारण जान्न अझैपनि ईच्छुक रहेको दाहालले जिकिर गरे।
नेपाली जनतामा सबैभन्दा ठूलो जागरण र ऐतिहासिक परिवर्तनको निम्ति सबैभन्दा ठूलो संघर्ष र बलिदानको नेतृत्व आफैंले गरेको दाहाललको दाबि छ । १७ हजारको बलिदानमा सबै भाषाभाषी जातजातिले योगदान दिएको भन्दै नेकपा अध्यक्ष दाहालले सबै जातजाति भाषाभाषी वर्ग समूदायको ऋण आफुमाथि रहेको बोध कायमै रहेको बताए।
कार्यक्रममा नेकपा (क्रान्तिकारी )माओवादीका अध्यक्ष मोहन बैद्यले शासनसत्ता र राज्यसत्ता पहिचान सहितको मुद्धामा गम्भीर नदेखिएको बताए। राणाशासन पञ्चायत शासन र अहिलेको शासनमा कुनै फरक नभएको बैद्यको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment