नेपाल फर्कने तयारीमा रहेका गुरुङले कुवेतमा गरे आत्महत्या

माधब शाही
२७ चैत २०७६ १९:२३
8
Shares

कुवेत । कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । लमजुङका ४१ वर्षीय आइत बहादुर गुरुङले बुधवार स्थानीय समय अनुसार बेलुका ५ बजे आत्महत्या गरेका हुन् ।

कुवेतको मेश अल्गानियम कम्पनीको भान्सामा रोजगारी गर्दै आएका गुरुङले बुधवार आत्महत्या गरेको प्रारम्भिर रिपोर्ट आएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन् । घटनाबारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

५ वर्षअघि कुुवेत आएका गुरुङका नेपालमा श्रीमती र २ बच्चा छन् । गुरुङ कम्पनीबाट हिसाब मिलाएर बिदामा घर फर्कने तयारीमा थिए । तर, नेपाल सरकारले कोरोनाको संक्रमणलाई रोक्न भन्दै अन्तराष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगाएपछि उनी स्वदेश फर्कन पाएका थिएनन् ।


No ads found for this position

प्रतिक्रिया

One thought on “नेपाल फर्कने तयारीमा रहेका गुरुङले कुवेतमा गरे आत्महत्या

  1. Sad news sarkalharle aba grna khojekai yahe hola sayad aba remitance rokiyasi janatako k maya aafu bache vaihalo nee

Leave a Reply

Your email address will not be published. Required fields are marked *