भाइरसविरुद्धको सहकार्य सशक्त बनाउन प्रधानमन्त्री ओली र मोदीबीच संवाद

डिसी नेपाल
२८ चैत २०७६ १३:४२

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ।

प्रधानमन्त्री ओली आज टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई उक्त आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरुबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि छलफल भएको छ।

प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिएक थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.