बङलादेशका तिब्र गतिका बलरद्धारा सन्यासको घोषणा

डिसी नेपाल
३० चैत २०७६ १७:४८

काठमाडौं । बङलादेशका तिब्र गतिका बलर मोहम्मद शरीफ क्रिकेटका सबै ढाँचा हरूबाट रिटायर भएका छन्। शरीफले २००१ देखि २००७ सम्म बंगलादेशका लागि १० टेस्ट र नौ एकदिवसीय खेल खेलेका थिए । उनले घरेलु क्रिकेटमा ३३९ प्रथम श्रेणी खेलहरू र लिस्ट ए मा १८५ खेल खेलेका छन्।

क्रिकबुज संगको कुराकानीमा शरीफले  अझै दुई बर्ष खेल्न चाहदा चाहदै पनी क्रिकेटका सबै ढाँचाहरूबाट अवकाश लिने निर्णय गरेको बताए। साथै उनले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) सँग आउँदो दिनमा काम गर्न चाहेको र सम्भव भएमा आफ्नो अनुभवहरु पनी बाँड्न चाहेको बताए ।

शरीफले जिम्बावेको बिरुद्ध अप्रिल २००१ मा बुलावायोमा डेब्यू गरेका थिए। जिम्बावे टुरमा उनले आफ्नो टेस्ट डेब्यू पनी गरेका थिए। उनले दुबै खेलमा एक विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *