मोटरस्पोर्ट्सका अनुभवी चालक स्टर्लिङ मान्सको निधन
काठमाडौं । मोटरर्सपोर्टसका अनुभवी ब्रिटिश चालक स्टर्लिङ मान्सको लामो समय देखी भएको अस्वस्थताका कारण ९० वर्षको उमेरमा निधन भएको छ। उनका पत्नी सुसी मोसलेले युके प्रेस एसोसिएसनलाई दिएको जानकारी अनुसार आइतवार स्टर्लिङले अन्तिम सास लिएका थिए ।
मान्सले कहिल्यै पनी फार्मूला वन रेसको उपाधि जितेनन तर उनी चार पटक उपबिजेता भएका थिए। उनको करियर १९४८ मा शुरू भएको थियो। उनले विभिन्न ५२९ मोटर रेसहरूमा प्रतिस्पर्धा गरेर २१२ रेसमा जित हासिल गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment