‘एम्बाप्पे रियल मड्रिड जाने पक्का भैसक्यो’
काठमाडौं। फ्रान्सको लिग वान क्लव पेरिस सेन्ट जर्मेनका पूर्व खेलाडी जेराम रोथेनले किलियन एम्बाप्पे रियल मड्रिडमा अनुबन्ध हुने सम्झौता निश्चित रुपमा हुने खुलासा गरेका छन् । यी फरवार्ड लस ब्लांकोस जाने विषयमा यसअघि धेरै नै चर्चामा थिए । अब उनी रियल जाने विषय कोरोनाभाइरस प्रकोपमा मात्र निर्भर रहेको बताइएको छ ।
‘मैले मेरा स्रोतहरुबाट थाहा पाएको छु, एम्बाप्पे रियल मड्रिड जाने डिल लगभग पक्का भइसक्यो’ रोथेनले रेडियो मोन्टेकार्लोसँग भने ‘अहिलेको परिस्थितिका (कोरोनाभाइरस) कारण एम्बाप्पे लस ब्लांकोस जाने कुरामा केही ढिलाइ भने हुन सक्छ । तर, कुनै पनि अवस्थामा एम्बाप्पेको पिएसजीसँगको सम्झौता लम्ब्याइने छैन । क्लव उनलाई यो समरमा बेच्न तयार भइसकेको छ । अब प्रश्न समयको मात्र हो ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment