भारतमा एकैदिन १ हजार ३४ जना संक्रमित, ३५ जनाको मृत्यु

डिसी नेपाल
३ वैशाख २०७७ ७:५२

काठमाडौँ । छिमेकी मुलुक भारतमा एकैदिन १ हजार ३४ जना कोरोना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९३ पुगेको छ ।

संक्रमित मध्ये १ हजार ३ सय ५९ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

१९ दिनदेखि जारी लकडाउनकाबीच भारतमा मंगलबार पुन २१ दिन लकडाउन थपिएसँगै जनस्तरबाट व्यापक विरोध भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउन २१ दिन थपिएको घोषणा गरेसँगै राजधानी नयाँ दिल्लीमा लाखौँ मानिसहरु घर फर्किन निस्किएका थिए।

यसले भारतमा कोरोना नियन्त्रण हुनेभन्दा पनि झन् जोखिम बढ्ने स्वास्थ्य विज्ञहरुले आशंका र चिन्दा व्यक्त गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *