टि २० विश्वकप क्रिकेट माथि संकटको बादल

डिसी नेपाल
३ वैशाख २०७७ २०:१९

काठमाडौं । कोरोना भाइरसको कारण इन्डियन प्रिमियर लिग (आईपीएल) पछि यस बर्ष अस्ट्रेलियामा हुने टी २० विश्वकप पनि समस्यामा परेको छ। आयोजकहरू क्रिकेट अष्ट्रेलिया र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यस्को बारेमा केहि नबोले पनी परिस्थिति उस्तै भइरहेको छ।

प्रतियोगिता अष्ट्रेलियामा १८ अक्टुबरदेखि १५ नोभेम्बर सम्म आयोजित हुँदैछ। यो मात्र होईन अर्कौ टी २० वर्ल्ड कप भारतमा आगामी वर्ष अक्टुबर नोभेम्बरमा आयोजना हुने भनिएको छ। तर विश्वका ठूला क्रिकेट बोर्डहरूले प्रत्येक वर्ष हुने आईसीसी प्रतियोगिता अस्वीकार गरिसकेका छन्। च्याम्पियन्स ट्रफीको अन्त्यसँगै क्रिकेट बोर्डहरूले लगातार दुई बर्षमा दुई टी २० विश्वकप आयोजना गर्न सहमत भएका थिए ।

भारत, अष्ट्रेलिया, इङल्यान्ड र दक्षिण अफ्रिका क्रिकेट बोर्डहरूले दिपक्षीय श्रृंखला बढी बढी कमाउँछन् र प्रत्येक चार बर्षमा टी २० र एकदिवसीय विश्वकप मात्र खेल्न चाहन्छन् जबकि आईसीसी हरेक वर्ष प्रतियोगिता गराउन चाहन्छ। आईसीसीको २०२० देखी २०३१ सम्मको नया क्यालेन्डरमा प्रत्येक वर्ष कम्तिमा एउटा पुरुष टिमको आईसीसी टूर्नामेंट हुनुपर्ने ब्यबस्था गरेपनी कुनै पनि ठूलो देशले आयोजनमा चासो देखाएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *