कोरोनाबाट बेलायतमा फेरि अर्का एक नेपालीको मृत्यु

डिसी नेपाल
४ वैशाख २०७७ ८:१७
4
Shares

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको ज्यान गएको छ।

पोखरा स्थायी घर भई दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठको बुधबार बिहान स्थानीय गाइज अस्पतालनमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

५८ वर्षीय श्रेष्ठलाई रुघा, खोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि दुई साता अघि अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो।

अहिले श्रेष्ठकको परिवार आइसोलेसनमा बसिसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक दर्शन नेपालीको ज्यान गइसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

One thought on “कोरोनाबाट बेलायतमा फेरि अर्का एक नेपालीको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *