मलेसियामा खर्च नभएर समस्यामा परेका नेपालीले तलब पाउने

डिसी नेपाल
४ वैशाख २०७७ १२:२२

क्वालालम्पुर। मलेसियाको येङ हुङ सोफा कम्पनीमा कार्यरत ४४ जना नेपाली कामदारहरूले बेसिक तलब समेत नपाएपछि संकटमा परेको गुनासो गरेकोमा अब भने तलब पाउने भएका छन् । उनीहरूलाई अप्रिल २८ सम्ममा तलब दिने कम्पनीले जनाएको छ ।

समस्यामा परेपछि उनीहरूले मलेसियास्थित नेपाली दूतावास गुहारेका थिए । उनीहरूले तलब नपाउँदा दैनिक खाद्यान्न किन्न समेत समस्या परेको भन्दै अप्रिल १३ तारिखमा नेपाली दुतावास मलेसिया र सम्बन्धित मेनपावर तथा मिडियालाई जानकारी गराएका थिए ।

त्यस लगातै दुतावासबाट सम्बन्धित मेनपावर तथा कम्पनीलाई सम्पर्क गरी सम्पूर्ण श्रमिकहरुलाई बेसिक तलब उपलब्ध गराउनको लागि आग्रह गरिएको थियो र कम्पनीले तलब उपलब्ध गराउन भएको दुतावास श्रोतले जानकारी गराएको छ । कम्पनीले सबैको तलब अप्रिल २८ तारीख सम्ममा दिने सहमति भएको उक्त कम्पनीमा कार्यरत एक नेपालीले बताए ।

४४ जना नै २०२० जनवरी ३१ तारिखमा बेटा मेनपावर रिसर्च प्रालीबाट मलेसिया आएका थिए । सबैले मार्च महिनाको बेसिक तलब पनि पाएका छैन । उनीहरुले मार्च २० सम्म ड्युटी गरेका थिए । मलेसियन सरकारले गरेको आवागन प्रतिबन्ध आदेश ( MCO) को कारण हाल ड्युटी दिएको छैन । मलेसियन सरकारको नियम अनुसार कम्पनी बन्द भए पनि सम्पूर्ण श्रमिकहरुलाई बेसिक तलब दिनु पर्ने ब्यबस्था रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *