विरामी छोरालाई भेट्न ५० बर्षीया महिलाको दुई हजार ७०० किलोमिटर यात्रा

डिसी नेपाल
५ वैशाख २०७७ २०:५२

केरला । अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेकी छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले उनले कठिन यात्रा गर्नु परेको थियो । उनले यात्राका क्रममा कतै पैदल त कतै ट्याक्सीको प्रयोग गरेको बताइएको छ ।

यात्राका क्रममा झण्डै छ राज्य पार गरेकी ५० बर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनिसँगै एक नातीनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन् । यो यात्राका लागि उनीहरुलाई तीन दिन लागेको थियो ।

लामो यात्रा गरेकी शिलम्मन वासनले जोधपुरबाट पीटीआईसँग कुराकानी गर्दै आफ्नो छोराको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइन् । आफ्नो २९ बर्षीय छोरो अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनले बताइन् । छोरो अरुणलाई मांशपेसीसम्वन्धी रोग लागेको उनको भनाइ छ । “भगवानको कृपाले कुनै ठूलो समस्या विना नै हामी यहाँ आइपुग्न सफल भयौँ,” उनले भनिन् ।

उनले आफुहरु केरलाबाट तमिल नाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको जानकारी दिइन् । उनिहरु अप्रिल ११ मा हिडेर अप्रिल १४ मा जोधपुर पुगेका हुन् । जोधपुरमा सिमा सुरक्षा बल (विएसएफ)मा जवानकोरूपमा कार्यरत अरुण कुमार विदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ आएका थिए । घरबाट फर्केपछि उनि विरामी परेका हुन् । उनलाई शुरुमा पखाला लागेको बताइएको थियो । विरामी अरुण कुमारको केरलामा एक बर्षीय बच्चा पनि छ ।


No ads found for this position

प्रतिक्रिया

One thought on “विरामी छोरालाई भेट्न ५० बर्षीया महिलाको दुई हजार ७०० किलोमिटर यात्रा

  1. अनि काठमाडौं बाट १० दिन रात हिडेरै दाङ पुगेका नेपाल का युवा हरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *