कोरोनाः चीनबाट ३ लाख ‘टेस्ट किट’ भारतमा
नयाँदिल्ली । चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याइएको छ।
यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु र राजस्थानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले ट्वीट गर्दै भने छः “ग्वान्झाओबाट झण्डै ३ लाख टेस्ट किट भारततर्फ पठाइएको छ। यी किट राजस्थान र तमिलनाडुका लागि व्यवस्था गरिएको हो।”
केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदिप सिंह पुरीले पनि ट्वीट गर्दै कोविड–१९ सँग जुध्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए।
भारतीय बिमान सेवाले गरेका २४७ वटा उडानबाट मार्च २६ यतामात्र ४१८ टन स्वास्थ्य र अन्य अत्यावश्यकीय सामग्री ढुवानी गरेको मन्त्री सिंहले बताए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment