भविष्यमा कोरोनाको खतराको बीचमा बाँच्नु सिक्नुपर्छ, भ्याक्सिनको ग्यारेन्टी छैनः विशेषज्ञ

डिसी नेपाल
७ वैशाख २०७७ १४:२५

काठमाडौं। मानिसले भविष्यमा कोरोनाभाइरसको खतराको साथमै बााच्नुपर्नेछ । लण्डनको इम्पेरियल कलेजमा ग्लोबल हेल्थका प्रोफेसर तथा कोभिड १९ मा विश्व स्वास्थ्य संगठनका दूत डा. डेभिड नेबारोले यस्तो चेतावनी दिएका हुन् । द गार्डियनको रिपोर्टअनुसार नैबारोले सफलतापूर्वक भ्याक्सिन बन्ने कुनै ग्यारेन्टी नभएको बताएका छन् ।

ग्लोबल हेल्थका यी प्रोफेसरका अनुसार नयाँ माहोलमा मानिसले सामन्जस्थ स्थापित गर्नुपर्नेछ । उनका अनुसार मानिसहरु यो मानेर अगाडि बढ्नु हुँदैन कि निश्चित रुपमा छिटै कोरोनाभाइरस विरुद्धको भ्याक्सिन बन्नेछ । डेभिड नेबारोले भने ‘हरेक भाइरसको विरुद्ध अनिवार्य रुपमा तपाइँ एक सुरक्षित र प्रभावकारी भ्याक्स्नि बनाउन सक्नुहुन्न । केही भाइरसको भ्याक्सिन तयार गर्नु निकै कठिन हुन्छ । त्यसैले भाइरसको खतराको बीचमै हामीले जिन्दगी बाँच्नको लागि नयाँ तरिकाहरुको खोजी गर्नुपर्छ ।’

संक्रामक रोगका विशेषज्ञ डा. नेबारोले अगाडि भने ‘यसको अर्थ यो हो कि जुन मानिसहरुमा रोगको लक्षण छन् उनीहरुलाई आइसोलेट गर्नुपर्छ र उनीहरुको सम्पर्कमा आएका मानिसहरुलाई पनि । वृद्धहरुको रक्षा गर्नुपर्नेछ । रोगको उपचार गर्ने अस्पतालको क्षमता बढाउनुपर्नेछ । हामी सबैको लागि यो एक ‘न्यू नर्मल’ हुनेछ ।’

यसअघि विश्व स्वास्थ्य संगठनका एक अधिकारीले एकपटक कोरोनाभाइरस संक्रमित भएका मानिसहरुमा यसविरुद्धको प्रतिरोधी शक्ति विकसित हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताएका थिए । डब्लुएचओको इमरजेन्सी प्रोग्रामका एक्जिक्युटिभ डाइरेक्टर माइक रयानले भनेका थिए ‘कसैलाई पनि यो थाहा छैन कि जसको शरीरमा एन्टिबडीहरु छन् ती पूर्ण रुपमा रोगबाट सुरक्षित छन् ।’ दक्षिण कोरियामा १ सयभन्दा धेरै बिरामीहरु एकपटक ठिक भइसकेपछि पुनः संक्रमित भेटिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.