कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलक नेडरल्याण्डमा नेपाली महिलाको मृत्यु

डिसी नेपाल
७ वैशाख २०७७ १८:१९

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपियन मुलक नेदरल्याण्डमा एक नेपाली महिलाले ज्यान गुमाएकी छिन् ।

नेडरल्याण्डको एम्स्टर्डममा बस्दै आएकी म्याग्दीकी ४० वर्षीया लक्ष्मी भट्टचनको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको नेदरल्याण्डबाट एनआरएनए आईसीसीका रक्त सञ्चार विभागका संयोजक फणिन्द्र पन्तले डिसी नेपाललाई जानकारी दिए ।

मृतक भट्टचन दुई आमा सन्तानका आमा हुन् । उनी एक महिनादेखि बिरामी थिइन् ।

पन्तका अनुसार हालसम्म नेदरल्याण्डमा नेपालीको हकमा यो पहिलो घटना हो । ‘ यो मेरो घरबाट करिब ५ किलोमिटर टाढा बस्ने परिचित परिवार हो । नेदरल्याण्डमा कोरोनाबाट मृत्यु हुने पहिलो नेपाली महिला हुन् लक्ष्मी,’ उनले भने ‘यहाँ कोरोनाबाट अन्य नेपाली पनि संक्रमित भएका हुन सक्छन् । लुकाउने प्रवृत्तीले गर्दा हामीलाई थाहा छैन । संक्रमितहरुले साथीहरुलाई भनेको छैन जस्तो देखिन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *