हिम पहिरोमा पुरिएका दुई नेपाली र तीन कोरियनको शव फेला
काठमाडौं। नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका–१ हिङकु केभ इलाकामा गएको हिम पहिरोमा परी बेपत्ता भएका तीन जना नेपाली र चार जना कोरियन पर्यटक मध्ये दुई जना नेपाली गाइड र तीन जना कोरियन पर्यटकको शव फेला पारेको छ।
उनीहरुको शव पश्चिम पृतना हेडक्वाटरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोरखामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको टोलीको सोमबार फेला पारेको नेपाली सेनाले जनाएको छ।

अन्य हराई रहेका एक जना नेपाल र एक जना कोरियन नागरिक हिउँभित्र पुरिएको आशंकामा संभावित स्थानमा खोजी जारी राखिएको सेनाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment