कोरोनाभाइरसका ६ नयाँ लक्षण देखिए, सीडीसीले जारी गर्यो नयाँ लक्षणको सूची
City air pollution concept. Close up woman wearing N95 mask to protect pm2.5 air pollution in city
काठमाडौं। कोरोनाभाइरसका सुरुवाती लक्षणहरुमा सुख्खा खोकी, कडा ज्वरो र सास फेर्न समस्या हुने बताइएको थियो । तर, यो रोगका अब कैयौं अन्य लक्षण पनि भेटिएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यी लक्षणको सूची जारी गरेको छ । सीडीसीका अनुसार कोरोनाभाइरसका तीन प्रमुख लक्षणका अलावा अन्य लक्षणहरु पनि छन् जसलाई अहिलेसम्म बेवास्ता गर्ने गरिएको छ । सीडीसीले यो रोगका ६ नयाँ लक्षण बताएको छ र वैज्ञानिकहरुले यी लक्षण संक्रमण भएको २ दिनदेखि १४ दिनसम्ममा देखिने बताएका छन् ।
१. सीडीका अनुसार कोरोना भाइरस संक्रमणपछि मानिसहरुलाई चिसो लाग्ने जस्तै समस्या हुन्छ । यो लक्षण बिल्कुल उस्तै हुन्छ जस्तो आम संक्रमणपछि हामीलाई रुघा लाग्छ ।
२. कोरोना संक्रमणपछि रुघाको साथै शरीर काम्ने र कठ्यांग्रिने जस्ता लक्षण पनि देखिन्छन् । चिसोका कारण शरीर कठ्यांग्रिन थाल्छ ।
३. सीडीसीले जारी गरेको लक्षणमा मांशपेशीमा पीडा हुने पनि बताइएको छ । यसअघि पनि कैयौं स्वास्थ्य विज्ञले जोर्नी दुख्ने समस्याबारे बताइसकेका छन् ।
४. कोरोना भाइरस संक्रमितलाई तीब्र रुपमा टाउको दुख्ने समस्या हुने पनि पाइएको छ । चीन र अमेरिकामा कैयौं बिरामीहरुमा यो समस्या देखिएको थियो ।
५. कोरोना संक्रमित व्यक्तिलाई घाँटीमा खसखसको पनि समस्या हुन्छ । अहिलेसम्म आएका कैयौं केसमा घाँटी दुख्ने र सुन्निने समस्या देखिएको थियो ।
७. सीडीसीका अनुसार कोरोनासंक्रमितहरु जिब्रोले स्वाद थाहा पाउन असमर्थ हुन्छन् । कैयौं देशमा आएका केसमा बिरामीले स्वाद पहिचान गर्न नसक्ने समस्या देखिएको थियो ।







डिसी नेपाल







Facebook Comment