मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ ले नेपाली श्रमिक समस्यामा

डिसी नेपाल
२० वैशाख २०७७ १७:२३
28
Shares

मलेसिया। भिसा सकिएर स्वदेश फर्कन अन्तिम तयारीमा रहेका नेपालीहरुलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको नेपाली मजदुर एकता समाज मलेसिया समितिले जनाएको छ।

समितिले शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै मलेसियाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ जारी गरेसँगै नेपाली श्रमिकहरु समस्यमा परेको जनाएको छ।

विज्ञप्तिमा ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ (एमसिओ) लागु भएपछि भिसा सकिएर अलपत्र अवस्थामा परेका नेपालीहरूलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको र गर्दै आइरहेको जानकारी प्राप्त भएको उल्लेख छ।

विभिन्न कम्पनीहरुले कामदारलार्इ खानको लागि न्युनतम खर्चसमेत उपलब्ध नगराएको र कोरोना कोष भन्दै यो संवेदनशील घडीमा जोखिम मोलेर डिउटी गरिरहेका नेपालीहरूको पैसा कटौती गरेको गुनासो पनि आइरहेको समितिले जनाएको छ ।

समस्यामा परेका नेपालीहरूलाई उचित न्याय दिलाउन र भिसा सकिएर अलपत्र परेका अवस्थामा रहेका नेपालीहरुलाई सकेसम्म चाँडै व्यवस्थापन र स्वदेश फर्कने वातावरण मिलाउनको निम्ति नेपाली राजदूतावास क्वालालम्पुरलाई मलेसियाको समितिले ध्यानाकर्षण समेत गराएको छ ।

मलेसियामा पूरै लकडाउन छैन । हिँडडुलमा कडाइ गरिएको छ । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि चौथो पटक ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ जारी गरिएको छ । यो मे १२ सम्म लागू हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *