माछा मार्न गएका बालकको खोलामा डुबेर मृत्यु

डिसी नेपाल
२० वैशाख २०७७ १९:२६

स्वर्गद्वारी । लकडाउनका समयमा माछा मार्न गएका एक बालकको आज प्युठानको माडी खोलामा डुबेर मृत्यु भएको छ । माछा मार्नका लागि साथीसँगै खोलामा गएका स्वर्गद्वारी नगरपालिका – ३ बाटुलेका १० वर्षीय आरजु खत्रीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।

खत्रीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख बुद्धि रानाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.