बङ्गलादेशमा झण्डै नौ हजार व्यक्तिमा कोभिड–१९ बाट सङ्क्रमित, १७५ को मृत्य

डिसी नेपाल
२० वैशाख २०७७ २२:३३

ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताए। मन्त्रालयका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा थप पाँच सङ्क्रमितको मृत्यु भएको छ । कोभिड–१९का कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म १७५ पुगेको छ ।

उनका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा पाँच हजार ८२७ कोरोनाभाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षण गरिएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार सङ्क्रमितमध्ये शनिबारसम्ममा १७७ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

विश्वभर कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३४ लाख ४३ हजार ७५० पुगेको छ भने दुई लाख ४२ हजार २६३ सङ्क्रमित व्यक्ति को मृत्यु भएको छ । विश्वभर सङ्क्रमणपछि चिकित्सकको निगरानीमा बसेर उपचार गरी निको भई घर फर्किनेको सङ्ख्या ११ लाख २ हजार १२४ पुगेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *