No ads found for this position
No ads found for this position

अप्ठ्यारोको गाँठो फुकाउन प्रदेश सरकार तयार: मन्त्री जम्मकट्टेल

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२२ वैशाख २०७७ १६:४९
No ads found for this position

हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले कोरोना भाइरसको जोखिम हुन नदिन सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

प्रदेशमा रहेका रेडियो तथा टेलिभिजनले भोगेका समस्याको सम्बोधन गर्ने उद्देश्यले हेटौँडामा भएको छलफल कार्यक्रममा उनले लकडाउनका कारण सञ्चारमाध्यममा परेका अप्ठ्यारोको गाँठो फुकाउन प्रदेश सरकार तयार रहेको बताए । उनले रेडियो तथा टेलिभिजनलाई आवश्यक सहयोग उपलब्ध गराउनका लागि मन्त्रिपरिषद्मार्फत पहल गर्ने प्रतिबद्धता जनाए । मन्त्री जम्मकट्टेलले वाग्मती प्रदेशमा सञ्चारमाध्यमसम्बन्धी ऐन निर्माण भइसकेको बताउँदै केही विषयमा संशोधनको आवश्यकता रहे त्यसलाई टुङ्गोमा पु¥याउन प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।

छलफल कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले सञ्चारमाध्यमलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले सञ्चारमाध्यमले जिम्मेवार भएर समाज रुपान्तरणका लागि काम गरे सरकार सहयोगी बन्ने कुरामा कुनै दुईमत नरहेको उल्लेख गरे । आमसञ्चारमाध्यममा परेका समस्या समाधान गर्न प्रदेश सरकारले छलफल गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले प्रदेशको पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन योजनाहरु निर्माण भएर कार्यान्वयन भइरहेको बताए ।

छलफलमा सहभागी सञ्चार गृह सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिले कोरोना भाइरसको सङ्क्रमणसँगै शुरु भएको लकडाउनले सम्पूर्ण अर्थव्यवस्था तहसनहस हुँदा सञ्चारमाध्यम धरासायी बन्ने अवस्था आउने हुँदा सञ्चारमाध्यमले भोग्नुपरेका समस्या यथाशीघ्र सम्बोधन गर्न माग गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *