लकडाउनमा लुँडो खेल्दा पराजित गरेपछि श्रीमान्ले भाँचे श्रीमतीको ढाड
Photo: Times of India
एजेन्सी । भारतमा जारी लकडाउनको समयमा लुँडो खेल्दा श्रीमतीसँग पराजित भएपछि श्रीमान्ले कुटपिट गरेका छन्। भारतको बडोदरा निवासी २४ वर्षिया महिलाले अनलाइन लँुडो खेल्दा पतिलाई हराएकी थिइन ।
पहिलो राउन्डमा खेल हारेको ति पुरुषले लगातार खेलमा हारेपछि आफ्नी श्रीमतीसँग झगडा गर्न थाले र निर्ममतापूर्वक कुटपिट गरेको भारतीय अनलाईन टाईम्स अफ इण्डियाले जनाएको छ।
यो घटना केही दिन पहिलेको हो। श्रीमाले कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण श्रीमतीलाई अस्पतालमा भर्ना गरिएको थियो। महिलाले उपचारपछि आफ्नो श्रीमानसँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी थिइन् ।
पछि ति श्रीमानले आफ्नी पत्नीसँग माफी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचारमा उल्लेख छ । ति महिला आम्दानीको लागि बच्चाहरुलाई ट्युसन पढाउदै आएकी थिइन भने उनको पति एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दे आएका थिए ।







डिसी नेपाल








Facebook Comment