नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीलाई कोरोना संक्रमण

डिसी नेपाल
२९ वैशाख २०७७ १४:५०
4
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रन्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी हाल आइसोलेशनमा रहेको रन्जित आफैले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।

रन्जित वैदेशिक रोजगारीको लागि दुबई गएका थिए। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अहिले कम्पनीले नै आइसोलेसनमा राखेको छ। रन्जितले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको फेसबुकमा राखिएको भिडियोमार्फत जानकारी दिएका छन्।

कुनै समय निकै प्रतिभावान मिडफिल्डरको पहिचान बनाएका रन्जितले घरेलु फुटबलमा थ्रीस्टार,संकटा, फ्रेण्ड्स र एनआरटीबाट खेलेका छन्। झापा भद्रपुरका स्थायी बासिन्दा रन्जितले नआत्तिन आग्रह गरेका छन्।
https://www.facebook.com/ranjit.stha.71/posts/3267730916623075


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *