प्रवासी नेपाली संघ भारतद्वारा राहत वितरण

डिसी नेपाल
२९ वैशाख २०७७ १९:११

नयाँ दिल्ली । विश्वब्यापी महामारीको रुप धारण गरेको कोरोना भाइरस घटदो होईन प्रत्येक दिन बढ्दो छ । विश्वलाई नै चपेटामा लिएको कोरोनाले भारतलाई पनि अछुतो राख्न सकेन । जसबाट संक्रमीत तथा मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढदो छ। भारतमा नेपालीहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था सिर्जना भएको छ ।

यस महामारीबाट त्रसित नेपाली नागरिकलाई व्यवस्थापन गर्ने भनी नेपाल भारतबीचको उच्चस्तरीय सम्झौता भए पनि कार्यान्वयन भने शुन्य छ। यसैगरी नेपाली राजदुतावासले आफ्नो जिम्मेवारी बहन गर्न सकेको छैन । आम नेपालीहरुको कष्टलाई मनन गर्दै केही सामाजिक संघ संस्था तथा व्यक्तिहरु भने राहत संकलन तथा वितरणमा अहोरात्र खटिएका छन । यसैबीचमा प्रवासी नेपाली संघ भारतले अलग अलग राज्यमा राहत वितरण गरेको । दिल्लीमा राज्य समिति अध्यक्ष एनबि थापा, सचीव बिमलराज पौडेल, सचिवालय सदस्य योगराज अर्याल, संघका सदस्यहरु धन बहादुर बस्नेत र मान बहादुर केसिको तृत्वमा राहत वितरण गरिएको छ।

विश्व संकटको रुपमा देखिएको कोभिड–१९ कोरोना महामारीको यस विषम परिस्थितिमा भारत प्रवासमा अलपत्र परेका निम्न बर्गीय नेपाली मजदुरहरुलाई प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिद्वारा दक्षिण दिल्लीको चिरागमा राहत स्वरुप खाद्यान्न वितरण गरिएकोछ ।

जसमा राहत पाउनेहरुको नामवली निम्न रहेको छः

१. श्री प्रेम बि क (पाँच जनाको परिवार), २. श्रीमती मनु बराल (आठ जनाको परिवार्), ३. श्रीमती सिर्जना परियार (चार जना को परिवार), ४. खेम बहादुर अधिकारी (चार जनाको परिवार), ५. दल बहादुर (चार जनाको परिवार), ६. प्रतीक बिक (चार जनाको परिवार)

त्यस्तै श्री नेपाली सेवा समाज केन्द्रीय समिति राजकोट र पना फाउन्डेसन अहमदाबादको सयुक्त आयोजना राजकोट शहरमा होटल र कम्पनीमा कामगर्ने ५० नेपाली घरधुरी लाई राहत वितरण गरिएकाे छ।

उक्त राहत वितरण लागी खटीएका नेपाली सेवा समाज केन्द्रीय समिति राजकोटका केन्द्रीय अध्यक्ष करन बिक, उपाध्यक्ष बिजय खत्री, सचिव मनोज बि क, सदस्य हरूमा चन्द्र साउद, करन बि, गोबिन्द बि क, कमल साउद, किशन ओली श्री नेपाली सेवा समाज केन्द्रीय महिला समिति राजकोटकी अध्यक्ष सीमा देबी बि क र श्री नेपाली सेवा समाज केन्द्री समिति राजकोट का प्रमुख सल्लाहकार तथा प्रबासी नेपाली संघ भारत राजकोट नगर समिति का ईन्चार्ज रमेश परियार को बिशेष उपस्थितिमा रहेको थियो।

कोरोना नियन्त्रणको लागी लगाइएको भारत लकडाउनले भारतमा हजारौं नेपालि नागरिकहरु अलपत्र परेकाछ्न।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *