यूएईमा रहेका अवैध आप्रवासीले तीन महिनाभित्र देश छाडे जरिवाना तिर्नु नपर्ने

डिसी नेपाल
१ जेठ २०७७ ९:१९

काठमाडौं। युनाइटेड अरब इमिरेट्स (यूएई) ले अवैध आप्रवासी कामदारको जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । तर, यो सुविधा लिन अवैध आप्रवासीले ३ महिनाभित्र देश छाड्नुपर्नेछ । अब मार्च १ भन्दा पहिले भिसा अवधि सकिइसकेका र अवैध रुपमा रहँदै आएका आप्रवासी कामदारहरुले जरिवाना तिर्नुपर्ने छैन । त्यस्तै भिजिट भिसामा यूएई पुगेर अलपत्र परेकाहरुले पनि जरिवाना तिर्न पर्देन ।

जरिवाना मिनाहा हुनेहरुले आगामी १८ मे देखि ३ महिनाभित्र यूएई छाडिसक्नुपर्नेछ । जरिवाना मिनाहा भएर स्वदेश फर्किएका आप्रवासीहरुलाई पुनःयूएई जान प्रतिबन्ध नहुने निर्णय युएई सरकारले गरेको छ। उनीहरु कोरोना संक्रमणको अवस्था सामान्य भएपछि यूएई फर्किन पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *