यूएईमा रहेका अवैध आप्रवासीले तीन महिनाभित्र देश छाडे जरिवाना तिर्नु नपर्ने

डिसी नेपाल
१ जेठ २०७७ ९:१९
4
Shares

काठमाडौं। युनाइटेड अरब इमिरेट्स (यूएई) ले अवैध आप्रवासी कामदारको जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । तर, यो सुविधा लिन अवैध आप्रवासीले ३ महिनाभित्र देश छाड्नुपर्नेछ । अब मार्च १ भन्दा पहिले भिसा अवधि सकिइसकेका र अवैध रुपमा रहँदै आएका आप्रवासी कामदारहरुले जरिवाना तिर्नुपर्ने छैन । त्यस्तै भिजिट भिसामा यूएई पुगेर अलपत्र परेकाहरुले पनि जरिवाना तिर्न पर्देन ।

जरिवाना मिनाहा हुनेहरुले आगामी १८ मे देखि ३ महिनाभित्र यूएई छाडिसक्नुपर्नेछ । जरिवाना मिनाहा भएर स्वदेश फर्किएका आप्रवासीहरुलाई पुनःयूएई जान प्रतिबन्ध नहुने निर्णय युएई सरकारले गरेको छ। उनीहरु कोरोना संक्रमणको अवस्था सामान्य भएपछि यूएई फर्किन पाउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *