नेकपा सचिवालय बैठक : नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव

डिसी नेपाल
२ जेठ २०७७ ११:४३

काठमाडौं। पार्टीको सहमतिमा सरकार संचालन गर्ने प्रतिवद्धता जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सविचलायका सदस्यलाई सरकारको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन आग्रह गरेका छन्।

शुक्रबार बसेको सविचलाय बैठकमा प्रधानमन्त्री ओलीले शुक्रबार नै संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका विषयमा केही सुझाव भए दिन सचिवालय सदस्यहरुलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री ओलीले सुझाव मागेपछि सविचालयले महत्वपूर्ण सुझाव दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।  नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शुक्रबार विहान सविचलाय बैठक बोलाएका थिए। बैठकमा सरकारको नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *