अमेरिकाको न्युजर्सीमा जिपी कोइराला फाउण्डेशनले बाँड्यो निःशुल्क खाध्यान्न

डिसी नेपाल
१० जेठ २०७७ ७:१९

न्युजर्सी, अमेरिका । अमेरिकाको न्यु–जर्सीमा गिरिजा प्रसाद कोइराला (जिपी कोइराला) फाउण्डेशन अमेरिकाले नेपाली निःशुल्क रुपमा समुदायलाई स्वस्थ र पोषिलो खाध्यान्न वितरण गरेको छ।

न्युजर्सीको जर्सी सिटी निवासी जिपी कोइराला फाउण्डेशन अमेरिकाकी सह-कोषाध्यक्ष पुनम राना मल्लको अगुवाइमा खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।

जिपी कोइराला फाउण्डेशन, अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको संयोजनमा न्युयोर्क लाईफ इन्सुरेन्सका जीवन बीमा उत्पादक (एजेन्ट) भेष राज खत्रीको समन्वय र दीपक खुनाले उपलब्ध गराएको र देब शंकर जी र एनआरएन न्यूजर्सी च्यापटरका सचिव कृष्ण सुवेदि र सदस्य सुर्य तिवारी को सहयोगमा आज न्यूजर्सीको कार्डवेल युनिभर्सिटीका १०० जना भन्दा बढी बिद्यार्थीलाई समन्वय गर्ने न्यूजर्सीका सामाजिक अभियन्ता बिष्णु माया परियार, नेजससअका महासचिव महेश मल्ल र यसै फाउण्डेशन की सह–कोषाध्यक्ष पुनम राना मल्लको सहकार्यमा ११५ बक्स ताजा तरकारी सलादहरु वितरण गर्यो।

यस सामाजिक कार्यमा तन, मन र बचन दिएर खट्ने स्वयंसेवकहरु सबैलाई जिपी कोइराला फाउण्डेशन, अमेरिकाले धन्यवाद समेत दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *