आफ्नै देशका वैज्ञानिकप्रति ट्रम्प आक्रामक, लगाए यस्तो गम्भीर आरोप

डिसी नेपाल
१० जेठ २०७७ १५:३५

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस हप्ता २ पटक आफ्नो देशका वैज्ञानिक र डाक्टरहरुविरुद्ध बोलिसकेका छन् । पहिले एक अध्ययनको नतिजाका विषयमा बोल्दै उनले यो आफ्ना दुश्मनको काम भएको बताए । अर्को पटक उनले यो राजनीतिबाट प्रेरित कार्य भएको बताए । अब देशका कैयौं वैज्ञानिक र डाक्टरहरुको सल्लाहलाई खारेज गर्दै ट्रम्प देशमा लकडाउन हटाउन चाहन्छन् । ट्रम्प देशमा सबथोक खोल्न चाहन्छन् तर वैज्ञानिकहरुले भने यसो गर्नु हतारको काम र प्रत्युत्पादक हुने बताइरहेका छन् ।

डोनाल्ड ट्रम्पले यस हप्ता दुई पटक आफ्नो देशका वैज्ञानिकहरुको कुरा औचित्यहीन रहेको बताए । उनले वैज्ञानिकहरुको कुरामा कुनै प्रमाण नभएको भन्दै उनीहरुको कुरा राजनीति प्रेरित भएको बताए । ट्रम्पले भने ‘यिनीहरु चाहन्छन् कि देश लकडाउन मुक्त नहोस् । कोरोनाका कारण लगाइएका प्रतिबन्ध नहटाइउन् ।’ यसअघि नेशनल इन्स्टिच्युट अफ हेल्थले हाइड्रोक्सिक्लोरोक्विनको बारेमा चेतावनी दिँदा पनि ट्रम्पले आफ्ना विरोधीहरुले यो औषधीविरुद्ध अभियान चलाएको आरोप लगाएका थिए । ट्रम्प र उनका कैयौं बरिष्ठ सहकर्मीहरु यो औषधीको प्रचारमा लागेका थिए ।

ट्रम्पले त आज पनि यो औषधी खाइरहेका छन् । यसको खुलासा उनले आफैं गरेका थिए । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले हाइड्रोक्सिक्लोरोक्विन डाक्टरको परामर्शबिना नलिन र यसको प्रयोग अस्पतालमा डाक्टरको निगरानीमा मात्र गर्न भनिरहँदा ट्रम्पले यो आफ्ना दुश्मनको बयानबाजी भएको बताइरहेका थिए । लगत्तै कोलम्बिया युनिभर्सिटीको मेलम्यान स्कुल अफ पब्लिक हेल्थले एक सर्वे रिपोर्ट जारी गरेयो । यसमा भनिएको थियो कि यदि लकडाउन १ हप्ताअघि लागू गरिएको भए कूल संक्रमितमध्ये ६१ प्रतिशत र मृत्यु हुनेमध्ये ५५ प्रतिशतलाई बचाउन सकिन्थ्यो ।

यसको प्रतिक्रियामा ट्रम्पले आफ्नो सरकारले सही तरिकाले काम गरिरहेको बताएका थिए । सही समयमा लकडाउन नगरेको आरोप गलत भएको बताउँदै बिहीबार ट्रम्पले भनेका थिए ‘कोलम्बिया युनिभर्सिटी धेरै उदारवादी छ तर यो कुनै राजनीतिबाट प्रेरित रिपोर्टजस्तो देखिन्छ । तपाइँहरुले यसको वास्तविकता पत्ता लगाउनुपर्छ ।’ यसअघि डा. उन्थोनी फाउसीप्रति पनि ट्रम्पको व्यवहार खासै राम्रो थिएन । एक प्रेस कन्फ्रेन्समा उनको अनुहारको भावमा यो प्रस्ट देखिनथ्यो । ट्रम्प लगातार मूलधारका वैज्ञानिक रिपोर्टहरुलाई पन्छाउँदै आएका छन् र उनीहरुलाई कम आंकलन गर्दै आएका छन् । जलवायु परिवर्तनलाई ट्रम्पले मानिसले फैलाएको हल्ला बताउँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *