कोरोना कहर: अमेरिका भन्दा ब्राजिलमा धेरैको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को हब बनेको अमेरिका भन्दा ब्राजिलमा धेरै संक्रमितको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट अमेरिकामा भन्दा ब्राजिलमा धेरै संक्रमितको ज्यान गएको वल्डोमिटरले जनाएको छ। ब्राजिलमा आइतबार ७०३ जना संक्रमितको ज्यान गएको छ। यो सँगै ब्राजिलमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ हजार ७१६ पुगेको छ ।
यस्तै, कोरोनाको हब बनेको अमेरिकामा आइतबार १९ हजार ६०८ कोरोना संक्रमित थपिँदा ६१७ जनाको ज्यान गएको छ । यो संख्या अमेकिरामा २४ घण्टामा ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै थोरै हो ।
हालसम्म अमेरिकामा ९९ हजार ३ सय जना मानिसको ज्यान गइसकेको छ भने १६ लाख ८६ हजार ४३६ जना संक्रमित भएका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment