श्रीलंकाका क्रिकेट खेलाडी ‘हेरोइन’ सहित पक्राउ
काठमाडौं । आफ्नो पहिलो खेलमा ह्याट्रिक लिने श्रीलंकाका क्रिकेटर शेहान मदुशनाका अहिले ठूलो समस्यामा परेका छन्। श्रीलंकाली प्रहरीले शेहन मदुशनाकालाई हेरोइनसहित पक्राउ गरेको छ। सन २०१८ मा अन्तर्राष्ट्रिय डेब्यू गर्दा मदुशनाका ह्याट्रिक लिएका थिए ।
पच्चीस वर्षीय मदुशनाकालाई मजिस्ट्रेटले दुई हप्ताको लागि हिरासतमा राखेको छ। कोलम्बो प्रहरीका अनुसार मदुशनाकालाई आइतबार पानाला शहरमा हिरासतमा लिएको बेला उनीसँग दुई ग्रामभन्दा बढी हेरोइन रहेको थियो।
प्रहरीले कोरोना भाइरसको कारण राष्ट्रव्यापी लकडाउनको बीचमा मदुशनाका गाडी चलाइरहेको बेला उनलाई सोधपुछको लागि रोकिएको थियो। उनी संग कारमा अर्को व्यक्ति पनि थिए।
सन २०१८ जनवरी मा बङलादेशको बिरूद्ध एकदिवसीय क्रिकेटको डेब्युमै मदुशनाकाले ह्याट्रिक लिएका थिए । उनले यो वर्ष बङलादेश बिरूद्ध दुई टि २० खेल खेले पनि चोटका कारण कुनै अन्तर्राष्ट्रिय खेल खेल्न सकेका थिएनन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment