नेपालमा थप १२ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१३ जेठ २०७७ ९:१४

काठमाडौँ । सुर्खेतमा आज १२ जनामा कोराना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको सामाजिक विकास मन्त्रालय कर्णालीले पुष्टि गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै, वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका ११ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमित भएको जनाएको हो।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९४ पुगेको छ । जसमध्ये १५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ४ जनाको ज्यान गएको छ । यद्यपी संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *