प्रदेश प्रहरी समायोजन खाका अन्तिम चरणमा, केन्द्रमा ३० हजार प्रहरी मात्रै रहने

डिसी नेपाल
१३ जेठ २०७७ १०:५३

काठमाडौंं। नेपाल प्रहरीले प्रदेश प्रहरीको समायोजनका लागि गृहमन्त्रालयले प्रहरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रस्ताव अन्तिम चरणमा पुर्याएको छ। गत चैतमै समायोजन गरिसक्ने योजना बनिाएको मन्त्रालयले कोरोना भाइरस संक्रमणको कारण ढिलाई भएको जनाउँदै समायोजनका लागि प्रकृया अन्तिम चरणमा पुर्याएको हो।

गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा प्रदेशमा प्रहरी समायोजनको विषयमा ओएनएम सर्वेक्षण खाका बनाइएको छ। एक हजार पेज भन्दा माथिको सर्वेक्षण खाका तयार भएपनि मन्त्रीलाई भने बुझाइएको छैन।

ओ एण्ड एमको स्पष्ट खाका नआएसम्म प्रहरी प्रधानकार्यालयले समायोजन गर्न नसक्ने जनाएको छ। ऐनमा पनि ओएनएम गरेर मात्रै समायोजन गर्ने भनिएका कारण गृहमन्त्रालयले सहसचिव आचार्यको संयोजकत्वमा सर्वेक्षण गरिरहेको छ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले प्रहरी समायोजनका लागि ओएण्डएम सर्वेक्षण भैरहेको बताए। ‘सहसचिवको संयोजकवमा काम भैरहेको छ अब केही दिनमा टुंगिएला, त्यसपछि प्रदेशमा प्रहरीको समायोजन प्रकृया शुरु हुनेछ’, प्रवक्ता शर्माले भने।

कूल ७७ हजार ९ सय २७ स्वीकृत दरबन्दी रहेको नेपाल प्रहरीमा केन्द्र मातहत २५ देखि ३० हजार प्रहरी राख्ने तयारी भएको छ। प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्म मात्रै रहने गरी गत चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी भएपनि कोरोना संक्रमणका कारण रोकिएको थियो।

‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरणका भएपछि मन्त्रालयले ओएनएम सर्वेक्षण थालेको थियो। अब यसको कार्य अन्तिम चरणका पुगेको मन्त्रालय स्रोतले जनाएको छ।

कूल ७७ हजार ९ सय २७ स्वीकृत दरबन्दी रहेको नेपाल प्रहरीमा केन्द्र मातहत २५ देखि ३० हजार प्रहरी राख्ने तयारी भएको छ। प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्म मात्रै रहने गरी गत चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी भएपनि कोरोना संक्रमणका कारण रोकिएको थियो।

सर्वेक्षण अनुसार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने केन्द्रमातहत नै रहने गरी पुल दरबन्दीमा राखेर प्रदेशमा पठाइनेछ। प्रदेशमा खटिएका प्रहरी कर्मचारीहरु प्रदेश सरकारले तोकेअनुसार नै सेवा–सुविधा पाउने उनीहरू प्रदेशकै निर्देशनअनुसार खटिनुपर्नेछ।

प्रदेश र स्थानीय तहमा निजामती कर्मचारीको समायोजन भने दुई वर्षअघि नै भइसकेपनि प्रहरीको भने समायोजन हुन सकेको छैन। प्रदेश सरकारले लामो समयदेखि प्रहरी समयोजनको माग गर्दै आएका छन्।

प्रहरीले पनि मन्त्रालयलबाट प्रकृया पूरा भएपछि प्रदेश सरकार मातहत प्रहरी खटाउने जनाउदै आएको छ। मन्त्रालयका अनुसार ओएनएम खाका पूरा भएपछि प्रदेशमा समायोजन हुन चाहने प्रहरीका लागि आवेदन माग गर्ने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *