नेपालका ४७ जिल्लामा फैलियो काेराेना संक्रमण, कहाँ कति संक्रमित ? (तालिकासहित)

डिसी नेपाल
१५ जेठ २०७७ ६:५९

काठमाडौं । बिहीबार बिहानसम्म कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालका ४७ जिल्लामा फैलिएको छ ।

मंगलबारसम्म ४६ जिल्लामा रहेको कोरोना संक्रमण बुधबार रुकुम पूर्वमा संक्रमित फेला परेसँगै ४७ जिल्लामा फैलिएको हो ।

बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै हालसम्म नेपालभर कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँके र ललितुरमा गरी ४ जनाको ज्यान गएको छ । बुधबार ललितपुरमा एक संक्रमितको ज्यान गएको भएपनि स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

यसैबीच नेपालमा हालसम्म पीसीआर र आरडिटी विधिबाट गरी १ लाख ५८ हजार ५६४ को कारोना परीक्षण गरिएको छ ।

यस्तो छ जिल्लागत कोरोना संक्रमण र प्रभाव




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *