गायक अमृत क्षेत्रीको नयाँ गीत ‘जहाजै चढेर..’ सार्वजनिक

डिसी नेपाल
१७ जेठ २०७७ १०:३४

काठमाडौं। विश्वभरि फैलिएको महामारी कोरोनाले अहिले कैयौं देश लकडाउनमा छन भने कयौं देश यस संकटबाट पार पाउन विभिन्न उपाय गर्दै छन। लकडाउनमा विभिन्न मुलुकमा धेरैको रोजगारी गुमेको छ। आप्रवासीहरु एकातिर यस महामारीले गर्दा दैनिक रोजिरोटी गुमाउन पुगेका छन भने अर्कोतिर आफ्नो घर परिवार सङ्ग एकै ठाउँमा बस्न नपाउदाको पीडामा छन।

यसै परिवेशमा ५० लाखौं नेपाली पनि विदेशमा अत्यन्त कठिन परिस्थितिको सामना गर्दैछन। एकातिर संकटको यो समयमा मुलुक बाट बाहिर रहनुको पीडा र आर्थिक चपेटा । यही परिस्थितिलाई गीत सङ्गीत मार्फत गायक/सङ्गीतकार अमृत क्षेत्रीले आफनै शब्द र सङ्गितमा सुरशाला स्टुडियोको युट्युब च्यानल मार्फत आफ्नो नयाँ गीत “जहाजै चढेर….” सार्वजनिक गरेका छन। यस गीतमा एरेन्ज्मेन्ट बि बि अनुरागीको रहेको छ भने, साउन्ड श्यामश्वेत रसाइलीको रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *