नेपालमा थप ३ जनामा कोरोन पुष्टि, तनहुँमा पनि देखियो कोरोना

डिसी नेपाल
१८ जेठ २०७७ १२:२३

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको गल्याङ स्थायी ठेगाना भएका र सोही नगरपालिकाको क्वारेन्टाइनमा बसेका २७ र ४० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यो सँगै स्याङ्जामा मात्र कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यसअघि स्याङ्जामा ५ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी, तनहुँमा पनि कोरोनाको संक्रमण देखिएको छ । तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भै सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ वर्षका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कारोना संक्रमितको संख्इा २४ पुगेको छ । जसमध्ये तीन संक्रमित निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *