भ्याक्सिन सफल हुनेमा सिनोभ्याक ९९ प्रतिशत निश्चित, १० करोड डोज उत्पादन हुँदै

डिसी नेपाल
१८ जेठ २०७७ १२:५७

काठमाडौं। चीनको भ्याक्सिन उत्पादक कम्पनी सिनोभ्याक बायोटेक कोरोनाभाइरसको भ्याक्सिन बनाउने दिशामा निकै अगाडि बढिसकेको छ । तर, तेस्रो र निर्णायक चरणको परीक्षणका लागि पर्याप्त संख्यामा बिरामी नहुँदा समस्या परेको छ । कम्पनीका अनुसन्धानकर्ताहरुले यो भ्याक्सिन ९९ प्रतिशत प्रभावकारी हुने दावी गरेका छन् ।

रिपोर्टिङका लागि बेइजिङस्थित सिनोभ्याकको प्रयोगशालामै पुगेको बेलायती मिडिया स्काइ न्यूजको टिमसँग कुरा गर्दै सिनोभ्याकका अधिकारीहरुले यो भ्याक्सिनको १० करोड डोज तयार गर्ने लक्ष्य राखेको बताएका छन् । कम्पनीले भ्याक्सिनको नाम ‘कोरोनाभ्याक’ राखेको छ । यसअघिको परीक्षणमा यो भ्याक्सिनले बाँदरलाई कोरोनाभाइरसबाट सुरक्षित राख्न सक्ने पाइएको छ । शोधकर्ताहरुले अब तेस्रो चरणको परीक्षणका लागि चीनमा कोरोनाभाइरसका बिरामी कम हुँदा समस्या भएको बताएका छन् ।

कम्पनीले अहिले दोस्रो चरणको परीक्षण जारी राखेको छ जसमा १ हजार स्पयंसेवी सहभागी छन् । भ्याक्सिनको तेस्रो परीक्षण बेलायतमा गर्ने तयारी गरिएको छ र यसको लागि बेलायतसँग परामर्श भइरहेको छ । शोधकर्ता लुओ बायशनले आफू यो भ्याक्सिन प्रभावकारी प्रमाणित हुनेमा ९९ प्रतिशत निश्चित भएको बताएका छन् ।

कम्पनीका सिनियर डाइरेक्टर हेलेन यंगका अनुसार कम्पनीले तेस्रो चरणको परीक्षणका लागि बेलायतसहितका केही युरोपेली देशहरुसँग कुरा गरिरहेको छ । कुराकानी अहिले सुरुवाती चरणमै छ । भ्याक्सिन उत्पादनभन्दा पहिले अनुसन्धान पूरा हुनु अत्यन्तै जरुरी रहेको बताउँदै उनले यसको परीक्षण सफल भएपछि स्वीकृति पाएसँगै सबैभन्दा पहिले ती क्षेत्रलाई दिइनेछ जो उच्च जोखिम क्षेत्रका रुपमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *