विदेशमा अलपत्र नेपालीलाई यसरी ल्याउन सकिन्छ

डिसी नेपाल
२२ जेठ २०७७ ९:०१

लण्डन। तीन साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा विदेशमा भएका नेपालीलाई एकै पटक ल्याउन नसकिने विषय उल्लेख थियो।

ठूलो संख्यामा नेपाली ल्याउँदा व्यवस्थापनको समस्या पर्ने त छँदै छ, अर्को पक्ष कोरोनाको डर पनि हो। नेपालमा देखा परेको कोरोना संक्रमण तेस्रो मुलुकबाट आएका नागरिकहरुबाट आएको देखिन्छ। यद्यपी अहिले त कोरोना संक्रमण समुदायमा पनि फैलिइसकेको छ।

प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराईले बिदेशमा भएका नेपालीले यस्तो म्यासेज पठाए भनेर हरेक दिनजसो सामाजिक ट्विटरमा लेखिरहन्छन्। सबै विषयमा आफ्नो विचार राख्ने र अरुले बोले अल्पज्ञानी देख्ने भट्टराईले एउटा व्यक्तिको मेसेज देखाएर गाली गर्नु भन्दा गतिलो ढाँचा बनाएर सरकारलाई बुझाए राम्रो हुन्थ्यो।

विदेशमा भएका नागरिक ल्याउन किन गाह्रो भइरहेको छ? देशभित्र कोरोना संक्रमण देखिएका केही हजार मान्छेको व्यवस्थापनमा देखिएको कठिनाइका कारण धेरैलाई व्यवस्थापन गर्न चुनौती हुने देखेर पनि हुनसक्छ।

अघिपछि आफ्ना अस्पतालमा सबै सुविधा भएको देखाउने निजी अस्पताल यो बेला ढोकामा ताल्चा ठोकेर बसेका छन्। ग्राण्डीजस्तो अस्पतालले आफ्नै कर्मचारीलाई कोरोनाको संक्रमण भएपछि पाटन अस्पताल पठाएको छ, जसले गर्दा सरकार एक्लैलाई सबैको व्यवस्थापन गर्न पक्कै पनि कठिन छ।

बेलायतमा पनि कोरोनाको कारण एकै दिन एक हजारका दरले मृत्यु हुन थालेपछि यहाँका निजी अस्पतालले आठ सय वटा बेड र अन्य सामाग्री दिएर सरकारलाई सहयोग गरेका थिए। नेपालमा त्यो संस्कार देखिएन। सरकारले बिदेशबाट आएका सबैसँग कोरोना आउँछ भन्ने सोच्न राख्नु हुँदैन।

सरकार भनेझैं विदेशका चालीस लाख नेपाल पनि आउने होइनन्। विदेशमा आफन्त भेट्न गएका, सरकारी वा गैरसरकारी संस्थामार्फत कुनै कार्यक्रममा गएका, उपचारका लागि गएका नागरिक नै नेपाल फर्किने हुन्।

योसँगै खाडी एवं अन्य ठाउँमा श्रमका लागि पुगेका र त्यहाँ कोरोनाका कारण रोजगार गुमाएका र आफ्नै मुलुल फर्किन चाहने नागरिक स्वदेश फर्किन चाहेका छन्।सरकारले विदेशबाट तत्काल ल्याउनु पर्ने नागरिकलाई प्राथमिकताका आधारमा ल्याउने भनी बजेट पनि विनियोजन गरिसकेको छ। अब ल्याउन संयन्त्र के त? कसरी सकिएला?

त्यसका लागि पहिलो कदम जुन–जुन देशमा दूतावास एवं काउन्सुलर सेवा छन्, त्यहाँका राजदूतहरूले सोही देशमा रहेका सम्पूर्ण नेपाली संघसस्था र राजनीतिक दलका भातृ संगठनलाई राखी एउटा समिति गठन गर्ने र समय तोकेर ती संस्थालाई नेपाल जानै पर्नेहरूको नामावली संकलन गर्न लगाउन सकिन्छ। यसरी नामावली संकलन गर्दा नेपाल जान चाहने व्यक्तिको सबै विवरण लिनुपर्छ।

भ्रमणमा आएका, श्रमका लागि आएका, को, किन र कसरी आए वा पहिलैदेखि त्यो देशमा बस्दै आएका, बिदामा नेपाल जान खोजेकालगायत सबैको उमेरसहित पूर्ण विवरण लिने र कति जरुरी छ त्यो पनि उल्लेख गरेर तोकिएको समयभित्र यता संघसस्थाले विवरणबाट विवरण लिँदा उचित हुन्छ।

दूताबासले नेपालमा र सम्बन्धित देशको परराष्ट्रसँग समन्वय गरेर सहजीकरण गर्नु उचित हुन्छ। तोकिएको समयमा सबैको संकलित तथ्याङक नेपालमा पठाउने अनि यो बीचमा छुटफुट विवरण यता लिँदै गर्ने र प्राथमिकताका आधारमा स्वदेश फर्काउने काम गर्नुपर्छ।

जस्तोः एनआरएनएले समेत वास्ता नगरेका सार्क राष्ट्रबाट थालनी त्यसको थालनी गर्नु उचित हुन्छ। यसो गर्दा कतिपय देशमा लकडाउनले जाहज नै नचलेको भए त्यहाँबाट कसरी उद्दार गर्ने भन्ने विषयमा पनि टुंगो लगाउनुपर्छ।

काठमाडौंमा पठाएको तथ्याङक हेरेर जिल्ला अनुसार जिल्लामा पठाउने व्यवस्था मिलाउनुपर्छ। जो नेपाल गएर कहाँ बस्छु भनेर विवरण दिँदा भनेको छ सोही अनुसार जानकारी गराउने काम पनि गर्नुपर्छ।

पहिलो चरणमा कति जना कहाँबाट आउँदै छन् भन्ने जानकारी पाएपछि स्थानीय सरकारले क्वारेन्टाइनको व्यवस्था गर्ने र अन्य सामाग्री जोहो गर्दै गर्नुपर्छ। अब विदेशमा भएका कतिपय जो पैसाका अभावमा जानै नसक्ने हुन् भने दूतावासको संयोजकत्वमा गठित माथि उल्लेखित समितिले आर्थिक संकलन गरेर व्यवस्थापन गर्नुपर्छ। जसमा धेरैजसो जिल्लाका समाज छन्।

जातीय वा अन्य समाजबाट पैसा उठाएर नेपाल पठाउन सहयोग गर्न सकिन्छ। काठमाडौंमा यो ठाउँबाट यति जना आए भनेपछि स्थानीय तहबाट सके काठमाडौं पठाएर सुरक्षित रुपमा लाने वा काठमाडौंबाट गएका समूहलाई नाकामा बसेर सम्बन्धित ठाउँमा पठाउने व्यवस्था गर्नुपर्छ।

अब गाउँमा वा शहरमा खाली रहेका घर वा अन्य भवनका संरचना प्रयोगमा ल्याउने र खाद्यान्न पनि सकिन्छ भने दिने व्यवस्था गर्नुपर्छ। गाउँकाले थोरै–थोरै दिँदा धेरै उठ्छ, यसरी खाने व्यवस्था मिलाउन सकिन्छ।

वडाले स्थानीय स्वास्थ चौकीलाई जिम्मा दिने स्वास्थ चौकीले स्वाब जाँच एवं अन्यका लागि जिल्लामा र जिल्लाले प्रदेशमा पठाउने र नतिजा आएपछि आइसोलेशन गर्ने। यसमा गृहकार्य गरे सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *