प्रतिक्रियावादी व्यवहार विरुद्ध सांस्कृतिक आन्दोलन चलाउन नेता पौडेलले आग्रह
फाइल तस्विर
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढकाछोप गर्ने, जातीय भेदभावको कलंकलाई जीवितै राख्न जनप्रतिनिधि अघि सरेर आधा दर्जन किशोरको हत्या गरेर भेरी नदीमा फाल्ने काम भएको आरोप लगाएका छ।
वरिष्ठ नेता पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सत्ताको आडमा हत्या हिंसालाई ढाकछोप गर्दै जनप्रनिनिधिनै हत्या जस्तो जघन्य अपराधनमा संलग्न हुने हो भने परिवर्तन दीशाहीन हुने बताएका छन्।
पौडेलले सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहार विरुद्ध सशक्त सांस्कृतिक आन्दोलन चलाउन आग्रह गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment