मेस्सीले पहिलो खेल खेल्ने अनिश्चित

डिसी नेपाल
२३ जेठ २०७७ १३:१४

काठमाडौं । लियोनल मेस्सीले बुधबार बार्सिलोना टोलीसँग अभ्यास गरेनन्, जसकारण अर्को हप्तादेखि सुरु हुने ला लिगा फुटबल च्याम्पियनशिपको पहिलो खेलमा उनले खेल्ने कुरामा संखा उत्पन्न भएको छ। यता बार्सिलोनाले मेस्सीले जिममा मात्र समय बिताउन प्राथमिकता दिएको कारण चिन्ता लिनुपर्ने कुनैपनि आवश्यकता नरहेको बताएको छ । तर मिडिया रिपोर्टहरुमा संचारमाध्यममा अन्य कुरा आएको बताईएको छ ।

टिभी ३ का अनुसार मेस्सीको तिघ्राको मांसपेशिमा आएको खिचावका कारण जुन १३ मा मालोर्का बिरुद्दको खेलमा उनी खेल्ने कुरामा अनिश्चित रहेको छ । कोरोना भाइरस महामारीका कारण विगत तिन महिनादेखि रोकिएको प्रतिस्पर्धामा बार्सिलोनाको फिर्ती पछाडिको यो पहिलो खेल हो।

रिपोर्टका अनुसार मेस्सीको चोटको सही अवस्था पत्ता लगाउन स्वास्थ्य परीक्षण गरिएको थियो। तथापि बार्सिलोनाले यो कुराको पुष्टि गरेको छैन। टोलीले बिहिबार आराम गर्नेछ र शुक्रवार बाट अभ्यासमा फर्कनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *