चीनका फुटबल खेलाडीहरु रक्सी पिउन गएको आरोपमा ६ महिनाको प्रतिबन्ध

डिसी नेपाल
२५ जेठ २०७७ ११:२५

काठमाडौं । चाईनीज फुटबल एसोसियनले कोरोनाभाईरसको कारण लगाईएको कर्फ्यू तोडेर मध्यरातमा रक्सी खान गएको अभियोगमा यू–१९ का ६ खेलाडीहरुलाई ६ महिनाको लागि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा परेका खेलाडीहरु मध्यरातमा प्रशिक्षण क्याम्पबाट रक्सी पिउनका लागि बाहिर निस्केका थिए ।

संघाईमा गत मे १९ देखिनै यू–१९ को चलिरहेको क्याम्प शनीबार सकिएको थियो । क्याम्पमा ३५ खेलाडीहरु समावेश थिए ।

चिनियाँ फुटबल संघले एक विज्ञप्ति जारी गर्दे भन्यो, “टोलिको महामारी नियन्त्रण नियमको यो सिधा उल्लंघन हो र यसले सम्पूर्ण टिमलाई नकरात्मक प्रभाव पारेको छ। निलम्बित खेलाडीहरूले नोभेम्बर ३० सम्म कुनैपनि फुटबल खेल खेल्न पाउने छैनन्। यस बाहेक, क्लबले पनि आफ्नो तर्फबाट खेलाडीहरुलाई कारबाही गर्छ ।”

टोलीका प्रमुख प्रशिक्षक चेङ याउडोङ भने, “सबै खेलाडीहरूले परिस्थितिको गम्भीरतालाई बुझेका थिए। यो टिम र खेलाडीहरूको लागि ठूलो घाटा हो। यसले हाम्रो तयारीलाई पनि असर पार्नेछ।”

चीनको अण्डर १९ फुटबल टोलीले ओलम्पिक तयारीको लागि चिनियाँ तेस्रो डिभिजन लिगको आगामी सत्रमा सहभागिता जनाउने कार्यक्रम थियो। तर ६ खेलाडीहरूको निलम्बनका कारण समस्या बढ्ने सम्भावना छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *