आमाको गर्भबाटै कोरोनाभाइरससँग लड्ने एन्टिबडीको साथमा बच्चाको जन्म

डिसी नेपाल
२५ जेठ २०७७ १२:५९

काठमाडौं। आमाको गर्भमा रहँदा नै शरीरमा कोरोनाभाइरससँग लड्ने एन्टिबडी विकसित भइसकेर बच्चाको जन्म भएको छ । चीनको शेनझेनमा यस्तो बच्चाको जन्म भएको हो । डाक्टरहरुका अनुसार ती आमाबाट प्राकृतिक तरिकाले बच्चाले एन्टिबडी प्राप्त गरेको हो । अहिलेसम्म कुनै पनि बच्चा जन्मिँदा नै शरीरमा एन्टिबडी विकसित भइसकेको पाइएको थिएन । यसरी एन्टिबडीसहित बच्चा जन्मिएको यो पहिलो घटना हो ।

डेलीमेलको रिपोर्ट अनुसार शेनझेन थर्ड हस्पिटलले यो केस अत्यन्तै दुर्लभ भएकोले आमा र बच्चाको बारेमा थप जानकारी प्राप्त गर्नको लागि उनीहरुको थप अध्ययन गर्ने बताएको छ । ती आमा गत अप्रिलमा कोरोना पोजेटिभ पाइएकी थिइन् । तर, उनीमा कुनै लक्षण देखिएको थिएन । पछि ती आमाले कोरोनाभाइरसलाई जितेर निको भएकी थिइन् । बच्चा जन्मिएपछि आमा र बच्चा दुवैको जाँच गर्दा दुवै नेगेटिभ पाइएका छन् ।

महिलाले ३० मेमा शेनझेन थर्ड हस्पिटलमा बच्चा जन्माएकी थिइन् । महिला मूल रुपले हुबेइकी बान्दिा हुन् । हुबेइको वुहानबाट नै कोरोनाभाइरको संक्रमण फैलिन सुरु भएको थियो । डाक्टरहरुका अनुसार बच्चामा प्राकृतिक रुपमै भाइरससँग लड्ने क्षमता विकसित भएको हो । चिनियाँ मिडिया रिपोर्टमा महिलाको बदलिएको नाम झिआओ बताइएको छ ।

अप्रिलको सुरुवातमा कोरोनाभाइरस पोजेटिभ पाइएपछि ती आमाको करिब १० दिनम्म उपचार भएको थियो । झिआओ शेनझेनमै बस्छिन् र काम गर्छिन् । तर उनी जनवरीमा आफ्ना पतिसँग हुबेइको वुचांग शहरमा गएकी थिइन् जहाँ उनको परिवार बस्छन् । यही क्रममा उनी कोरोनाभाइरस संक्रमित भएकी थिइन् । झिआओकी आमा पनि फेब्रुअरीमा पोजेटिभ पाइएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *