नेता सिंहद्वारा कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध

डिसी नेपाल
२५ जेठ २०७७ १४:०३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठिक भएको बताए।
उनले गृहमन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारीमा काम गर्नुपर्ने पनि बताए।

तर, महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली सवासथ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप लगाए।  सरकार राजनीतिक,आर्थीक र कुटनीतिक रुपमा असफल भइसकेको उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *